७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो होला आईफोन १७ प्रो ?

८ फाल्गुन २०८१, बिहीबार १३:५३

काठमाडौँ | एप्पलले यस वर्ष सार्वजनिक गर्ने आईफोन १७ सिरिज अन्तर्गत आईफोन १७ प्रोको डिजाइनमा ठूलो परिवर्तन गर्ने अनुमान गरिएको छ। फ्रन्ट पेज टेकका थ्रीडी आर्टिस्ट एसरले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत आईफोन १७ प्रोको सम्भावित डिजाइन सार्वजनिक गरेका छन्।

सार्वजनिक डिजाइनअनुसार, आईफोन १७ प्रोमा गुगल पिक्सेल ९ प्रोमा जस्तै क्यामेरा बार राखिएको छ। यो बार पहिलाका लिक्ड डिजाइनहरूभन्दा केही ठूलो देखिएको छ। त्रिकोणीय आकारका क्यामेरा लेन्सहरू बारको बायाँपट्टि, जबकि एलईडी फ्ल्यास, रियर माइक्रोफोन र लिडार स्क्यानर दायाँपट्टि ठाडो रूपमा राखिएको छ।

फ्रन्ट पेज टेकका जोन प्रोसरका अनुसार, आईफोन १७ प्रोमा दुई रङको फिनिसिङ हुनेछ। क्यामेरा बारको रङ फोनको अन्य भागभन्दा गाढा देखिनेछ। तर, यो डिजाइन आधिकारिक हो कि होइन भन्नेबारे शंका गरिएको छ।

ब्लुमबर्गका चर्चित पत्रकार मार्क गुरम्यानले यस डिजाइन नक्कली भएको दाबी गरेका छन्। तर अन्य स्रोतहरूले आईफोन १७ प्रोको क्यामेरा बार ठूलो हुने पुष्टि गरेका छन्। म्याक र्‍युमर्सका अनुसार, आईफोन १७ प्रो म्याक्समा पनि यही डिजाइन अपनाइने सम्भावना छ।

यस्तै, आईफोन १७ एयरमा भने सानो क्यामेरा बार रहने अनुमान गरिएको छ। यस मोडेलमा बायाँतर्फ एउटा क्यामेरा, दायाँतर्फ माइक्रोफोन र एलईडी फ्ल्यास रहनेछ।

हालसम्म आईफोन १७ सिरिजको आधिकारिक डिजाइनबारे एप्पलले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर, आईफोन १७ सिरिज आगामी सेप्टेम्बरमा लन्च हुने अपेक्षा गरिएको छ। आईफोन १७ यस वर्षको सबैभन्दा बहुप्रतीक्षित स्मार्टफोनमध्ये एक हो, जसबारे व्यापक चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या