७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमा सागरलाई गिज्याउनेमाथि कारवाही माग गर्दै प्रदर्शन

८ फाल्गुन २०८१, बिहीबार १४:२५

काठमाडौँ | काठमाडौंमा गायक कुमा सागरलाई गिज्याउनेमाथि कारवाही नगरेको भन्दै नेवार समुदायका मानिसहरूले प्रदर्शन गरेका छन्।उनीहरू बिहीबार भद्रकालीदेखी प्रदर्शन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन्।

एक पडकास्टमा कुराकानी गर्ने क्रममा गायक सागरलाई गिज्याएको भन्दै चार जनाविरूद्ध परिसरमा मंगलबार निवेदन परेको थियो। सम्पदा संरक्षणका महाअभियानका अध्यक्ष सुनिल प्रजापतिकाअनुसार कमेडियनहरू सजन श्रेष्ठ,उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरूद्ध निवेदन दिएका थिए। त्यही बुझ्न परिसर पुगेको अध्यक्ष प्रजापतिले जानकारी दिए।

‘हामीले दिएको निवेदनमा के भएको रहेछ भनेर बुझ्न आएका हौं,’ उनले भने, ‘नेवार समुदायमाथि भद्दा मजाक गरेको र त्यसमा उजुरी गर्दा पनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि हामी प्रहरी कार्यालय आउन बाध्य भयौं।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले उनीहरू चार जनाविरूद्ध ठाडो निवेदन परेको सम्बन्धमा बुझ्न परिसर आएको जानकारी दिए।

‘हामीले दुईपक्षलाई नै बोलाएर कुराकानी गर्ने तयारी छ। कलाकारहरू उपत्यका बाहिर भएकाले आजै दुईपक्षलाई छलफलमा बोलाउन सकिएन,’ एसपी बोहोराले भने, ‘छिट्टै दुईपक्षलाई बोलाएर छलफल गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या