७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले प्रधानमन्त्रीलाई भने: मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार दिनुस्

९ फाल्गुन २०८१, शुक्रबार ११:४२

काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली नागरिकका लागि जीवनयापनको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले नेपाली भएर सम्मानजनक जीवन जिउने व्यवस्था गर्नुपर्ने विषय उठाएका हुन्।

प्रधानमन्त्रीलाई ‘प्यारो प्रधानमन्त्री ज्यू’ भनेर सम्बोधन गर्दै शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’

यस्तो छ बालेनको स्टेटस

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो ,
इन्डियाले भिकारी भनिसक्यो ,
चीनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस् ।

यसअघि शाहले अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै टिप्पणी गरेका थिए । ट्रम्पलाई शाहले आफ्नो देशलाई विश्वबाट अलग गर्ने र विश्वलाई अगाडि बढ्न दिने सल्लाह समेत दिएका छन् । शाहले डीभी कार्यक्रम बन्द गर्न समेत आग्रह गरेका छन् ।

शाहले ट्रम्पलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभयो।’

नेपाल मात्र नभइ अमेरिका पनि गरिब रहेको बालेनको टिप्पणी छ । ‘हामी गरिब छौं किनभने हाम्रा जनता हाम्रो देश छोडिरहेका छन्,’ शाहले भनेका छन्, ‘तपाईं गरिब हुनुहुन्छ किनभने तपाईंका जनता तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी मानिसहरूलाई यसको लागि बाँकी विश्व चाहिन्छ।’

अमेरिकाले नेपाललाई दिएको सहयोग बन्द गरेको र उक्त सहयोग ठगी भएको ट्रम्पको भनाइ सार्वजनिक भएपछि मेयर शाहले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या