८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता

९ फाल्गुन २०८१, शुक्रबार १२:१३

कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका–४, पर्सियाका दीपकराज राना विवाहको चार दिनअघि बेपत्ता भएका छन् । विवाहका लागि कोट किन्न गएका दीपकराज माघ ३० गतेदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका राना समुदायकी एक युवतीसँग फागुन ४ गते विवाह तय भएको थियो।

विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए । ‘सबै तयारी पूरा भइसकेको थियो। भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ’ उनले भने ‘कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन्।

बेपत्ता दीपकराजको मोबाइल पनि सोही दिनदेखि स्विच अफ छ। परिवारले कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिँदै उनको खोजी गरिदिन अनुरोध गरेका छन्।

विवाहको सम्पूर्ण तयारी पूरा भइसकेपछि बेहुला हराउँदा दुबै परिवारमा अन्योल छाएको छ। खुसीयालीको माहोल सन्नाटामा परिणत भएको छ। बेहुला नभेटिएपछि आपसी सहमतिमा विवाह स्थगित गरिएको र परिवारले खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीको सहयोग मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ