८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अवैध रूपमा बोकेको अमेरिकी डलर सहित १ जना व्यक्ति पक्राउ

१० फाल्गुन २०८१, शनिबार ११:०१

विराटनगर | विराटनगरबाट अवैध रूपमा बोकेको अमेरिकी डलर सहित १ जना व्यक्ति पक्राउ परेका छन्।

विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई पक्राउ
गरिएको मोरङ प्रहरीले बताए | प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर अन्सारीलाई पक्राउ गरिएको बताए |

उनी यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा थिए। प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो।
उनको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको हो | अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन्।

पक्राउ परेका अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन्। केही समयअघिसम्म कतार बसेर आएको बताएका अन्सारीले कतारमा बस्ने र नेपाल आउने-जाने गरेको उल्लेख गरेका छन्। अहिले भने साथीको आफन्त बिरामी भएर काठमाडौं जान लागेको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ