८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाकुम्भ स्नान गरी फर्किंदै गरेको स्कारपियो दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु

१० फाल्गुन २०८१, शनिबार १६:११

काठमाडौँ | भारतको प्रयागराजमा लागेको महाकुम्भ स्नान गरी फर्किंदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुरमा सप्तरीका श्रद्धालु सवार स्करपियो शुक्रबार ट्याक्टरसँग ठोक्किएको र दुर्घटनामा सप्तरीका तीन र सुनसरीका एक जनाको मृत्यु भएको सप्तरीको कञ्चनरुप-७ का वडाध्यक्ष श्यामानन्द चौधरीले बताए। त्यही स्कारपियोमा सवार स्थानीय बासिन्दाले खबर गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप-५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेको छ।

त्यस्तै, दुर्घटनामा सुनसरीको मधुवनकी एक महिलाको मृत्यु भएकोमा उनको परिचय खुल्न सकेको छैन।

चारै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चारै जनाको शव ल्याउन दुई वटा एम्बुलेन्स दुर्घटनास्थलतर्फ गइसकेको बताइएको छ।

दुर्घटनामा उपेन्द्रनारायण चौधरी गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरीले घट्नाबारे सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए। यसबारे बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ