२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाकुम्भ स्नान गरी फर्किंदै गरेको स्कारपियो दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु

२०८१, १० फाल्गुन शनिबार १६:११

काठमाडौँ | भारतको प्रयागराजमा लागेको महाकुम्भ स्नान गरी फर्किंदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुरमा सप्तरीका श्रद्धालु सवार स्करपियो शुक्रबार ट्याक्टरसँग ठोक्किएको र दुर्घटनामा सप्तरीका तीन र सुनसरीका एक जनाको मृत्यु भएको सप्तरीको कञ्चनरुप-७ का वडाध्यक्ष श्यामानन्द चौधरीले बताए। त्यही स्कारपियोमा सवार स्थानीय बासिन्दाले खबर गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप-५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेको छ।

त्यस्तै, दुर्घटनामा सुनसरीको मधुवनकी एक महिलाको मृत्यु भएकोमा उनको परिचय खुल्न सकेको छैन।

चारै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चारै जनाको शव ल्याउन दुई वटा एम्बुलेन्स दुर्घटनास्थलतर्फ गइसकेको बताइएको छ।

दुर्घटनामा उपेन्द्रनारायण चौधरी गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरीले घट्नाबारे सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए। यसबारे बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी