८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केबलकार विवाद : ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

११ फाल्गुन २०८१, आईतवार ०८:३५

काठमाडौँ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जसको कारण नो केवुलकार समूह र प्रहरीबीच पटक पटक आमुसामुने हुँदै झडपको रुप लिदै गइरहेको छ ।

शनिबार राती पनि यस्तै घट्ना भए पछि स्थानीय प्रशासनले ताप्लेजुङमा निषेध आदेश जारी गरेको छ ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६. उपदफा ३ (क) बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सूजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ |

निम्न बमोजमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी आदेश जारी गरिएको छ।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ।

निषेधाज्ञा क्षेत्रको सीमा

१. फुङलिङ नगरपालिका बजार क्षेत्र

पूर्व : फुङलिङ–७, सल्लेरी
पश्चिम : फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)
उत्तर : फुङलिङ–४, उकालीपानी
दक्षिण : फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र

पूर्वः पर्यटक प्रहरी भवनको १०० मिटर इलाका
पश्चिमः बल्लुडाँडा र डडेले इलाका
उत्तर : केबलकार बेस स्टेशन
दक्षिण : नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ