७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि प्रहरीमा उजुरी दिँदै कमेडियन सजन श्रेष्ठ

११ फाल्गुन २०८१, आईतवार १३:०१

काठमाडौँ | कमेडियन सजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की आएपछि साइबर अपराध अन्तर्गत उजुरी दिने बताएका छन् । शनिबार कमेडियन अपूर्व क्षितिज सिंहको फेसबुक अकाउन्टमा भिडिओ राख्दै श्रेष्ठले उजुरी दिन लागेको बताएका हुन् ।

उनले आफूलाई मानसिक तनाव भएको र विगतदेखि नै एन्जाइटीको औषधि सेवन गरिरहेको अवस्थामा परिवारलाई नै धम्की आएपछि बाध्य भएर उजुरी दिन लागेको बताए । उनले भने, “अहिले चार–पाँच दिनदेखि मेरो बारेमा धेरै समाचार आइरहेका छन् । यसले मलाई एकदमै तनाव दिइरहेको छ । म एन्जाइटीको बिरामी हो । म दैनिक औषधि पनि खान्छु ।”

श्रेष्ठका अनुसार उनले सुशान्त प्रधानको पोडकास्टमा दिएको अभिव्यक्तिको विषयलाई लिएर रवि शाक्यले आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए । यो देखेपछि श्रेष्ठले माफी मागे र उक्त स्टाटस हटाइदिन अनुरोध गरे । तर, केही दिनपछि शाक्यले फेरि उक्त पोस्ट शेयर गरेपछि विवाद बढेको बताए । उनले शाक्यसँग माफी मागेको र भिडिओमार्फत पनि माफी मागेको तर त्यसपछि पनि शाक्यले मुद्दा हाल्ने कुरा गरेपछि आफू थप तनावमा परेको बताए ।

श्रेष्ठले भने, “सुशान्त दाइको पोडकास्ट आएको भोलिपल्ट टम एण्ड जेरीका रवि शाक्य दाइले आफ्नो फेसबुक पेजमा एउटा पोस्ट राख्नुभएको थियो । मैले त्यही दिन उहाँलाई फोन गरेर माफी पनि मागें कि मेरो नियत यस्तो थिएन, तर तपाईंलाई चोट पुग्यो भने म एकदमै दुःखी छु भनेर । उहाँले हुन्छ, ‘ल तिमीले गल्ती गर्‍यौ’ भनेर उहाँले त्यो पोस्ट पनि डिलिट गरिसक्नुभएको थियो ।

मलाई चाहिँ डिलिट गरेको जस्तो लाग्थ्यो । तर उहाँले लुकाउनुभएको रहेछ । त्यसको पाँच दिनपछि फेरि उहाँले त्यो पोस्ट शेयर गर्नुभयो । मैले फेरि त्यो दिन त उहाँलाई फोन गरेँ, उहाँले फोन उठाउनुभएन । पछि मैले एउटा माफी मागेर भिडिओ बनाएँ । किनभने मलाई यो विवादमा पर्नु थिएन ।”

उनले थपे, “उहाँले मेरो एपोलोजी देखेर मलाई फेरि फोन गर्नुभयो । मसँग पुरै कल रेकर्ड पनि सुरक्षित छ। त्यतिबेला मैले दाइलाई फेरि भनेँ, ‘तपाईंले किन दाइ फेरि यो पोस्ट उठाउनुभएको ? यो त फेरि सल्टिसकेको कुरा थियो’ भन्दा उहाँले ‘मेरो मात्र कुरा होइन, यो अब समुदायको कुरा भइसक्यो’ भनेर मलाई भन्नुभयो ।”

कमेडीकै विषयलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आइरहेको र त्यसै क्रममा एक व्यक्तिले उनको परिवारको फोटो राखेर बलात्कारको धम्की दिएकोले उनी थप आक्रोशित भएका छन् । उनले परिवारलाई मुछेर धम्की दिने व्यक्तिलाई मुद्दा हाल्ने बताएका छन् ।

“मेरो कमेन्टमा को हुनुहुन्छ मलाई थाहा छैन । उहाँले मेरो परिवारको फोटो नै राखेर बलात्कारको धम्की दिनुभयो । कुरा मसम्म हुँदा खेरी ठीकै थियो, मैले त ह्यान्डल नै गरेको थिएँ । तर जब मेरो परिवार मुछिन थाल्यो यसमा, त्यसपछि मलाई साह्रै नराम्रो लाग्यो, किनभने मेरो परिवारको केही पनि लेनादेना नै छैन यो कुरामा,” श्रेष्ठले भने ।

उनले अगाडि भने, “यो देशमा बस्नु छ भनेदेखि त अब तपाईंले पनि हामीलाई समर्थन त गर्नु पर्यो । किनभने सबै कुरामा मै मात्र त गलत हुँदैन होला, मलाई पनि त अन्याय हुन्छ होला । यो कुरामा तपाईंले मलाई पनि समर्थन गर्दिनुपर्छ, म मेरो दिदी बहिनीलाई बलात्कारको धम्की दिनेलाई चाहिँ मुद्दा हाल्न जाँदैछु र उहाँलाई म हाल्छु पनि मुद्दा जो सुकै होस् उहाँ ।”

गायक कुमा सागरको नक्कल गरेको आरोप लगाउँदै आफूलाई अभियन्ता दाबी गर्ने केही व्यक्तिले यही साता जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए । कमेडियन श्रेष्ठ सुजन जिम्बा, उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानमाथि अनुसन्धान हुनुपर्ने भन्दै निवेदन परेको थियो । गायक कुमा सागरलाई समर्थन गर्नेहरूले चार व्यक्तिको फोटो अङ्कित ब्यानर बोकेर विरोध प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या