८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माईती नेपाल गर्यो भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकाको उद्धार

१२ फाल्गुन २०८१, सोमबार ०९:१५

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ ।

माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ ।

उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ जना तथा १८ वर्षमाथिका ४९ जना रहेका छन्। यसैगरी, १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ, जसमा १८ वर्षमुनिका ४६ जना र १८ वर्षमाथिका ५४ जना रहेका छन् ।

एक वर्षको अवधिमा १७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ। माईती नेपालले सीमा क्षेत्रमा ८,३८२ वटा बसको जाँच तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना प्रदान गरेको छ ।

नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानून रहेको भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन् । यदि कसैलाई मानव किनबेचमा संलग्न भएको पाइएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ । वेश्यावृत्तिमा संलग्न गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ