२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृति लम्साल मृत्यु प्रकरण : कर्मचारीलाई कडा कारबाही गर्न उडिसा सरकारले दियो निर्देशन

२०८१, १२ फाल्गुन सोमबार १३:२४

काठमाडौँ | भारतको उडिसा राज्यको भुवनेश्वरमा रहेको कालिगां इन्स्टियूट आफ इन्फरमेशन टेक्नोलोजी (केआईआईटी) नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण अझै साम्य भएको छैन ।

केआईआईटीकोे होस्टेलको कोठामा आत्महत्या गरेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू भड्किएपछि प्रशासनले कुटपिट गर्दै कलेजबाटै निकालेको थियो ।

घटनाको सर्वत्र व्यपाक विरोध भएपछि उडिसा सरकारले छानबीन समिति बनाएको छ भने केआईआईटीले त्यहाँबाट निकालिएका नेपाली विद्यार्थीलाई पुनः फर्कन आग्रह गरेको छ ।

यसैबीच उडिशा सरकारले नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार गर्ने कर्मचारीहरूमाथि कडा कारबाही गर्न केआईआईटीका अधिकारीहरूलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग शनिबार गरेको फोन वार्तापछि उडिसा सरकारको यस्तो निर्देशन आएको हो ।

फोन वार्तामा मन्त्री देउवाले घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाली विद्यार्थीहरूसँग दुव्र्यवहार गर्ने शिक्षक र कर्मचारीहरूलाई कारवाही गर्न मुख्यमन्त्री माझीलाई आग्रह गरेकी थिइन् ।

राज्य सरकारका एक वरिष्ठ अधिकारीका अनुसार नेपाली विद्यार्थीहरूलाई पुनः फर्काउन केआईआईटी प्रशासनलाई निर्देश जरिएको छ भने उनीहरूको सुरक्षाको पूर्ण प्रत्याभूत गर्न पनि भनिएको छ ।

केआईआईटीले नेपाली विद्यार्थीहरूलाई फर्काउन आग्रह गरेपनि धेरै विद्यार्थीहरू अझै फर्किएका छैनन । आरोपित अपराधीहरू केआईआईटीमा अझै रहे र उनीहरूविरुद्ध कारवाही नभए बदलाको डर नेपाली विद्यार्थीहरूमा रहेको निष्कर्ष राज्य सरकारको छ ।

घटनापछि प्रहरीले सीसीटीभी फुटेजको अवलोकलन गरेको छ भने विद्यार्थीहरूलाई आक्रमण गरेको आरोपमा कलेजका वरिष्ठ अधिकारी, सुरक्षा गार्डसहित १० जनालाई पक्राउ गरेको छ ।

केआईआईटीका अधिकारीहरूले आफ्ना कर्मचारीहरूको कार्यबाट भएको पीडालाई स्वीकार गर्दै माफी पनि मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा