Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विराटनगरमा खोलामा डुबेका १५ बर्षीय छात्र मृत भेटिए

By kit

<p><b>साउन ११, विराटनगर । </b>&nbsp;विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् ।&nbsp;<br></p><p>विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए ।&nbsp;</p><p>विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईलाई स्थानीयवासीले डुबेकै ठाउँमा बालुवाले पुरिएको अवस्थामा फेला पारेको मृतकका काका राजकुमार राईले जानकारी दिनुभयो । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको छ । रासस</p>