काठमाडौँ । आज बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताए |
आसाम सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्रमा पर्ने राज्य हो। त्यहाँ भूकम्पका झट्काहरू प्रायः महसुस भएरहेका हुन्छन् ।