२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सापटी दिएको पैसा फिर्ता माग्दा साँझ झगडा, बेलुका गोली हानी हत्या

२०८१, १८ फाल्गुन आईतवार १२:४९

बैतडी | बैतडीमा खाँना खाँदै गरेका एक युवकको दाजु नाता पर्ने छिमेकीले गोली हानी हत्या गरेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –८ कालागाउँ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने छिमेकी ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानी हत्या गरेका हुन्।

शनिबार बेलुकी ८ बजेतिर होटेलमा साथीहरुसंग खाना खाँदै गरेको समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मितेन्द्र मिश्रले जानकारी दिए।

हत्या गरिएका सुरेन्द्र जिप चालक हुन्। शनिबार उनी स्थानीय एउटा होटेलमा जिप पार्क गरी चार जना साथीहरुसंगै बसेर खाना खाइरहेका थिए। सुरेन्द्र सँधै सोही होटलमा खाना खान्थे।

राति ८ बजे कर्णबहादुर भरूवा बन्दुक लिएर सोही होटलमा पुगेका थिए। त्यसपछि सरासर सुरेन्द्र खाना खाइरहेको ठाउँमा गए र ढाडमा गोली हानी त्यहाँबाट भागे।

त्यसपछि सँगै खाना खाइरहेका एक जनाले सुरेन्द्रलाई समातेर बसेको र बाँकी दुईजना कर्णबहादुरलाई लखेट्दै गएको डिएसपी मिश्रले बताए। रातिको समयमा जंगलै जंगल भागेका कर्णबहादुरलाई उनीहरूले समात्न सकेनन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ पैसा लिन बाँकी रहेछ। त्यही विषयमा शनिबार साँझ पनि झगडा भएको थियो। झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुर दुई झापड हानेका थिए। झगडा गाउँलेहरूले छुटाएका थिए।

‘त्यतिबेला पनि कर्णबहादुरले सुरेन्द्रलाई धम्की दिँदै तँलाई छाड्दिन भनेका रहेछन्,’ डिएसपी मिश्रले भने। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुकाअनुसार सापटी रकम फिर्ता माग्ने क्रममा झगडा सुरू भएको त्यही कारणले सुरेन्द्रको हत्या भएको थियो।

प्रहरीका अनुसार सुरेन्द्रलाई गोली प्रहार गरि हत्या गर्ने कर्णबहादुरविरूद्ध यसअघि चोरी शिकारीको मुद्दा पनि थियो। उक्त मुद्दा हालसालै मात्र टुंगिएको हो। सुरेन्द्रमाथि गोली प्रहार भएको बारे प्रहरीलाई राति ९ बजेतिर मात्रै सूचना प्राप्त भएको डिएसपी मिश्रले बताए।

त्यसपछि सुरुमा नजिकको प्रहरी चौकी खोच्लेबाट प्रहरी घटनास्थल पुग्दा राति ११ बजेको थियो । इलाका प्रहरी कार्यालय पाटनपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक बलदेव बडुको कमाण्डमा प्रहरी घटनास्थल होटेलमा पुगेको थियो ।

प्रहरी चौकी खोच्लेको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी घाइते सुरेन्द्रलाई साढे ११ बजेतिर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ