६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सापटी दिएको पैसा फिर्ता माग्दा साँझ झगडा, बेलुका गोली हानी हत्या

१८ फाल्गुन २०८१, आईतवार १२:४९

बैतडी | बैतडीमा खाँना खाँदै गरेका एक युवकको दाजु नाता पर्ने छिमेकीले गोली हानी हत्या गरेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –८ कालागाउँ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने छिमेकी ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानी हत्या गरेका हुन्।

शनिबार बेलुकी ८ बजेतिर होटेलमा साथीहरुसंग खाना खाँदै गरेको समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मितेन्द्र मिश्रले जानकारी दिए।

हत्या गरिएका सुरेन्द्र जिप चालक हुन्। शनिबार उनी स्थानीय एउटा होटेलमा जिप पार्क गरी चार जना साथीहरुसंगै बसेर खाना खाइरहेका थिए। सुरेन्द्र सँधै सोही होटलमा खाना खान्थे।

राति ८ बजे कर्णबहादुर भरूवा बन्दुक लिएर सोही होटलमा पुगेका थिए। त्यसपछि सरासर सुरेन्द्र खाना खाइरहेको ठाउँमा गए र ढाडमा गोली हानी त्यहाँबाट भागे।

त्यसपछि सँगै खाना खाइरहेका एक जनाले सुरेन्द्रलाई समातेर बसेको र बाँकी दुईजना कर्णबहादुरलाई लखेट्दै गएको डिएसपी मिश्रले बताए। रातिको समयमा जंगलै जंगल भागेका कर्णबहादुरलाई उनीहरूले समात्न सकेनन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ पैसा लिन बाँकी रहेछ। त्यही विषयमा शनिबार साँझ पनि झगडा भएको थियो। झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुर दुई झापड हानेका थिए। झगडा गाउँलेहरूले छुटाएका थिए।

‘त्यतिबेला पनि कर्णबहादुरले सुरेन्द्रलाई धम्की दिँदै तँलाई छाड्दिन भनेका रहेछन्,’ डिएसपी मिश्रले भने। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुकाअनुसार सापटी रकम फिर्ता माग्ने क्रममा झगडा सुरू भएको त्यही कारणले सुरेन्द्रको हत्या भएको थियो।

प्रहरीका अनुसार सुरेन्द्रलाई गोली प्रहार गरि हत्या गर्ने कर्णबहादुरविरूद्ध यसअघि चोरी शिकारीको मुद्दा पनि थियो। उक्त मुद्दा हालसालै मात्र टुंगिएको हो। सुरेन्द्रमाथि गोली प्रहार भएको बारे प्रहरीलाई राति ९ बजेतिर मात्रै सूचना प्राप्त भएको डिएसपी मिश्रले बताए।

त्यसपछि सुरुमा नजिकको प्रहरी चौकी खोच्लेबाट प्रहरी घटनास्थल पुग्दा राति ११ बजेको थियो । इलाका प्रहरी कार्यालय पाटनपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक बलदेव बडुको कमाण्डमा प्रहरी घटनास्थल होटेलमा पुगेको थियो ।

प्रहरी चौकी खोच्लेको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी घाइते सुरेन्द्रलाई साढे ११ बजेतिर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या