2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

साथीको भर पर्दा अर्कै केटाको कोठामा पुर्याएपछि…

साउन १२, झापा । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पुर्याएपछि  आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई कोठामा राखेको उनको आरोप छ । 

“लामो समयसम्म खरेलले फुफू भनिएकी महिला कोठामा नआएपछि म कोठामा बस्न मानिनँ”, पीडित युवतीले भनिन्, “म कोठाबाट भाग्छु जस्तो लागेपछि उनीहरुले मलाई अस्पताल लाने बहानामा फिल्म देखाउन कृष्ण हल पुर्याए । मैले परीक्षा छ भन्दै फिल्म हेर्न नमानेपछि उनीहरु दुवैले मलाई कोठामा लगेर बन्धक बनाएर राखे ।” 

दुवैको सल्लाहबमोजिम मोबाइलसमेत खोसेर मलाई बन्धक बनाएपछि कसैलाई खबर गर्न नपाएको र ४ गते आफूले काम गर्ने संस्थाको सरको सहयोगमा इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए पीडित किशोरीले भनिन्, “साथीले चिनाएको फुपूको छोरा राक्षस रहेछ मुस्किलले त्यो रात ज्यान जोगाए ।” 

पक्राउ परेकी किशोरीले जीवन आफ्नो फुपूको छोरा नभएको अनुसन्धानका क्रममा प्रहरीलाई बताएको प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनकाअनुसार पीडित किशोरीको उजुरीका आधारमा जीवन र अञ्जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई