२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

११ दिनको अवधिमा अछाममा १ हजार ४ सय ७० जना मतदाता थपिए

१२ श्रावण २०७४, बिहीबार १२:४३

कमल रावल/साउन १२, अछाम । अछाम जिल्लामा ११ दिनको अवधिमा १ हजार ४ सय ७० जनाले फोटो सहीतको मतदाता नामावलिमा नाम दर्ता गराएका छन । 

निर्वाचन आयोगको निर्देशनमा साउन १ गतेबाट सुरु भएको सँकलनमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा १ हजार ४ सय ७० जनाले नाम दर्ता गराएका हुुन । नयाँ नागरिकताको प्रमाण पत्र लिने र नयाँ दर्ता गराउनेको निकै घुईचो नाम दर्ता गराउन यतिबेला लागि रहेको छ । 

यतिबेला दैनिक १ सय भन्दा बढीको नयाँ नागरिकता जिल्ला प्रशासन कार्यालयबाट यतिबेला वितरण भएको र उनिहरु सबैको मतदाता नामावलिमा नाम दर्ता गराउन लगाईएको अछामका निमित्त प्रमुुख जिल्ला अधिकारी तुुल बहादुर काउचाले बताउनु भयो । 

यतिबेला नागरिकता लिन छुटेका बढी जसो युवा युवती बढीमात्रा नागरिकता लिन आउने गरेका उहाँले बताउनु भयो । साउन १ गतेदेखि ११ गतेको सम्मको नामावलि सँकलनमा ७ सय ६० जना महीला र ७ सय ९० जना पुरुषको नाम दर्ता गराईएको जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी राम बहादुर माझिले बताउनु भयो । 

साउन १ गतेदेखि १५ गते सम्म  जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नमावली सँकलन र साउन १६ देखि ३२ सम्म अछामका १० वटै स्थानिय तहमा टोली खटई फोटो सहीतको मतदाता नामावलि सँकलन गरिने उहाँले बताउनु भयो । 

भोली र पर्सि सार्वजनिक बिदा परेता पनी नामावली सँकलन कार्य नरोकीने निर्वाचन कार्यालयले जनाएको छ । अछाम जिल्लामा यसअघि १ लाख २७ हजार ४ सय ४२ मतदाता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…