२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

११ दिनको अवधिमा अछाममा १ हजार ४ सय ७० जना मतदाता थपिए

२०७४, १२ श्रावण बिहीबार १२:४३

कमल रावल/साउन १२, अछाम । अछाम जिल्लामा ११ दिनको अवधिमा १ हजार ४ सय ७० जनाले फोटो सहीतको मतदाता नामावलिमा नाम दर्ता गराएका छन । 

निर्वाचन आयोगको निर्देशनमा साउन १ गतेबाट सुरु भएको सँकलनमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा १ हजार ४ सय ७० जनाले नाम दर्ता गराएका हुुन । नयाँ नागरिकताको प्रमाण पत्र लिने र नयाँ दर्ता गराउनेको निकै घुईचो नाम दर्ता गराउन यतिबेला लागि रहेको छ । 

यतिबेला दैनिक १ सय भन्दा बढीको नयाँ नागरिकता जिल्ला प्रशासन कार्यालयबाट यतिबेला वितरण भएको र उनिहरु सबैको मतदाता नामावलिमा नाम दर्ता गराउन लगाईएको अछामका निमित्त प्रमुुख जिल्ला अधिकारी तुुल बहादुर काउचाले बताउनु भयो । 

यतिबेला नागरिकता लिन छुटेका बढी जसो युवा युवती बढीमात्रा नागरिकता लिन आउने गरेका उहाँले बताउनु भयो । साउन १ गतेदेखि ११ गतेको सम्मको नामावलि सँकलनमा ७ सय ६० जना महीला र ७ सय ९० जना पुरुषको नाम दर्ता गराईएको जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी राम बहादुर माझिले बताउनु भयो । 

साउन १ गतेदेखि १५ गते सम्म  जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नमावली सँकलन र साउन १६ देखि ३२ सम्म अछामका १० वटै स्थानिय तहमा टोली खटई फोटो सहीतको मतदाता नामावलि सँकलन गरिने उहाँले बताउनु भयो । 

भोली र पर्सि सार्वजनिक बिदा परेता पनी नामावली सँकलन कार्य नरोकीने निर्वाचन कार्यालयले जनाएको छ । अछाम जिल्लामा यसअघि १ लाख २७ हजार ४ सय ४२ मतदाता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना