Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गएको बर्ष सल्यानमा २६ करोड भन्दा बढि रकम फ्रिज

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरिता चलाउने,

साउन १२, सल्यान ।

सल्यानमा आर्थिक वर्ष २०७३÷२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेटमध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जानकारी दिएको छ । सबैभन्दा धेरै बजेट जिल्ला समन्वयन समितिको कार्यालयबाट फ्रिज भएको छ ।

जिल्ला समन्वयन समिति पुजिगत तर्फ ४ करोड ५६ लाख ६० हजार, जिल्ला स्वास्थ्य कार्यलयबाट ४७ लाख ६२ हजार, जिल्ला प्रबिधिक कार्यालय बाट १९ लाख ३९ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी बुद्धिमान बस्नेतले जानकारी दिए । उनका अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ६२ लाख, ३८ हजार, कृर्षि बिमास कार्यालय बाट ११ लाख ४६ हजार र अन्य कार्यलय बाट ९ करोड ८४ लाख ३९ हजार बजेट फ्रिज भएको छ । पुराना योजना निमार्णका काम सम्पन्न भएको र नयाँ योजनाको स्टेमेट तथा ठेक्कापट्टा नभएका कारण बजेट फ्रिज गएको उनको भनाई रहेको छ ।

आर्थिक वर्ष २०७२÷ २०७३ मा १० करोड ३४ लाख ८१ हजार बजेट फिर्ता भएको थियो । समयमा नै बजेट निकासा नहुनु, काम कारवाही चुस्तद्रुस्त हुन नसक्नु, लगायतका विभिन्न कारण बजेट फ्रिज हुने गरेको कोष नियन्त्रक बस्नेतले बताए । जिल्लामा आवश्यक जनशक्तिका अभावका कारण पनि बजेट फ्रिज हुने गरेको उनको भनाई रहेको छ ।