हेटौंडाबाट बलात्कारको आरोपमा ७ जना किशोर पक्राउ

साझासवाल

काठमाडौं | मकवानपुरको हेटौंडाबाट बलात्कारको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ६ गते बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बनस्खण्डी मन्दिर परिसरमा रहेको जंगलमा लगेर जबरजस्ती करणी गरेको युवतीले उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेका ७ जना किशोरलाई नियन्त्रणमा लिएको हो ।

पीडित युवतीले घटनाबारे फागुन २१ गते जाहेरी दिएकोमा फागुन २२ गते ५ जना र २३ गते २ जना गरि ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु सबै १८ वर्ष मुनिका रहेको कारण उनिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन ।