२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अपाङ्ग सेवा संघको सामाजिक परिक्षण सम्पन्न

१ पुष २०७२, बुधबार ०८:४१

पुष १, डोटी / अपाङ्गता क्षेत्रमा काम गर्दै आएको सँस्था अपाङ्ग सेवा डोटीको वार्षिक सामाजिक परिक्षण कार्यक्रम हिजो सिलगढीमा सम्पन्न भएको छ ।अपाङ्ग सेवा संघले आर्थिक वर्ष २०७१÷७२ मा सम्पन्न गरेकाक्रियाकलाप, त्यसबाट लक्ष्यित समुदायलाई पुगेको फाईदा, प्राप्त उपलब्धी, समस्या, सुधार गर्नुपर्ने पक्ष आदि विषयका लागि सामाजिक परिक्षण गरिएको सँस्थाले जनाएको छ ।

कार्यक्रमका सहभागिहरुले अपाङ्गता भएका व्यक्तिको उपचारका लागि सिफारिस, बेला–बेलामा आयोजना गर्ने अपाङ्गता परिचयपत्र वितरण शिविर तथाएकिकृत घुम्ती शिविर लगाएतका राम्रा कामहरु गरेको भन्दै अपाङ्ग सेवा संघको प्रशंसा गर्दै सँस्थाले अझै धेरै सुधार गर्नुपर्ने बताएका छन् ।युनाईटेड मिसन टु नेपाल र महिला तथा बालबालिका कार्यालयसँगको साझेदारीमा सिमित क्षेत्रमामात्रै कार्यक्रम सञ्चालन गरिरहेकाले कार्य क्षेत्र विस्तार गर्नमा सँस्थाले जोड दिनुपर्ने सहभागिहरुले सुझाएका छन् ।

नियमित कार्यालय खुल्न नसक्नु, समुदायमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मागमा आधारित कार्यक्रम सञ्चालनका लागि सहयोग पु¥याउनुपर्ने, सँस्थाका अध्यक्षले जिल्लामा बसेर योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्य समिति सक्रिय हुनुपर्ने, विद्यालयको पहँुचबाहिर रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय भर्नाका लागि भूमिका खेल्नुपर्ने लगाएतका सुझाव पनि औंल्याएका छन् ।

युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको सहयोगमा अपाङ्ग सेवा संघले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रमको पत्रकार झलकपालीले सहजीकरण गर्नुभएको थियो ।सँस्थाकाअध्यक्षमहादेव भारतीको अध्यक्षतामादिपायल सिलगढी नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिकदल, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधी, विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन