२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीरमा अड्किएका आठ जनाको उद्धार

२०८१, २६ फाल्गुन सोमबार १७:२२

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।

भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्‍याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए ।

आज अहिले कर्णाली नदीमा र्‍याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ । माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका हुन् । मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर