६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहीले ‘वडाध्यक्षमा उठ्नुस्’ भनेपछि रिमालले सुनाए ‘न्युटनका बिरालाको कथा’

२७ फाल्गुन २०८१, मंगलवार १२:२५

काठमाडौँ | राजावादीको शक्ति प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन जारी छ।

राजावादीहरूको प्रदर्शनमा आदित्यनाथको तस्बिर प्रयोग गरिएपछि एमाले उपमहासचिव रिमालले पनि सामाजिक सञ्जालमा त्यो तस्बिर राख्दै आलोचना गरेका थिए। त्यसपछि सांसदसमेत रहेका शाहीले उक्त तस्बिर प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाउँदै सोमबार फेसबुकमा लेखेका थिए।

जवाफमा रिमालले त्यो कुरा भ्रम भएको खण्डन गर्दै शाहीलाई ‘नालायक’को संज्ञा दिए। जसमा मंगलबार बिहान फेरि शाहीले टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘आदरणीय भनौँ भने कसरी भनौँ- तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइँया दिन बन्द गर्नुहोस्। अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ, के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन्? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन्? लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो। लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।’

यस क्रममा एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका छन्।  शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प