९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीका जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

१४ श्रावण २०७४, शनिबार ०४:१४

साउन १४, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । 

शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी छाडिएको हो । 

बाह्रघण्टे अनुसन्धानका क्रममा सुवेदीले सो रकम आफ्नो भएको जिकिर गरेकाले सप्रमाण कार्यालयमा उपस्थित हुने गरी तत्कालका लागि नियन्त्रणमुक्त गरिएको आयोगको क्षेत्रीय सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ । 

शुक्रबार सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा जाँच गर्दा सुवेदीलाई रकमसहित चितवनबाट नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो