२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा खोलाले बगाएर र भिरबाट लडेर दुई जनाको मृत्यु

२०७४, १४ श्रावण शनिबार ०५:४५

साउन १४, नुवाकोट । खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन् ।

अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६: ३० बजेतिर खोलाले बगाएको ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिनुभयो ।

सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न खोज्दा बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिका–६ साविक समुन्द्रटार गाविस–४ स्थित नौबिसे भिरबाट लडेर ७३ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ ।

घरबाट खेततर्फ जाँदै गरेका कुइँकेलको भिरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला