पढ्न करिब 1 मिनेट लाग्छ

इन्द्र ब बुढाथोकी/साउन १४, सल्यान । वर्षासंगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालीका ३ बामे स्थित धारा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जान बाट वञ्चित भएका छन् ।

नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ । बामे क्षेत्रका बालबालिकाले सुर्खेत, बजेरीचौरको भानु माविमा अध्ययन गर्दै आएका छन् ।

भेरीमा पानीको सतह घटेर पौडी खेल्न सक्ने अवस्था नहुँदासम्म आफूहरू विद्यालय जान नसक्ने विद्यार्थीहरुको भनाई छ ।

बामे क्षेत्र सल्यानको बन्गाड कुपिन्डे नगरपालिकाको सबैभन्दा विकट बस्ती हो । हरेक सालको वर्षामा एक महिनाभन्दा बढी समय पढाइ छुट्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

स्थानीयका अनुसार भेरीमा झोलुंगे पुल निर्माणका लागि प्रत्येक वर्ष गाउँपरिषदबाट पास गरेर पठाए पनि खर्च बढी लाग्ने भन्दै सरकारी निकायले बेवास्ता गरेको छ । डुंगासमेत बन्द भएपछि दैनिक उपभोग्य वस्तु खरिद र गाउँका उत्पादित सामग्री ओसारपसारमा समस्या छ ।