२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

२०८१, २९ फाल्गुन बिहीबार १२:३२

काठमाडौँ | चलचित्र ‘कर्मा’ का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको सङ्केत गर्छ ।

उनको यो लुक्सले उनी खलपात्रको रूपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन ।

तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ ।

यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्था सुरुवालमा देखिएकी थिइन् ।

‘कर्मा’ लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’ को छायाङ्कन दाङ र काठमाडौंमा गरिएको छ

चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ मा विपीनको पहिलो एक्सन सिनेमा हो ।

‘कर्मा’ मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी