साउन १५, वालिङ | स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । 

गत सोमबार वालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, वालिङ | स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । 

गत सोमबार वालि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्यांजामा कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

१५ श्रावण २०७४, आईतवार ०२:५३

साउन १५, वालिङ | स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । 

गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको घाँटी (थ्रोट स्वाव) को नमूना संकलन गरेको हो । 

“हामीले यहाँ आउँदा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लागेका केही बिरामीको नमूना संकलन गरेका छौँ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो, “संकलन गरिएको नमूनालाई काठमाडौँ पुर्याएर प्रयोगशालामा परीक्षण गरेर दुईदेखि तीन दिनमा रिपोर्ट बाहिर आउने छ ।” 

जनस्वास्थ्यको टोलीले नमूना संकलन गर्नुकासाथै समुदायमा पुगेर अन्तरक्रिया गरेको छ । पशुस्वास्थ्यको टोलीले यहाँका सुँगुर, बंगुरको पनि नमूना संकलन गरी परीक्षण गर्ने तयारीमा रहेको बताएको छ । 

यो रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने जनस्वास्थ्य अधिकृत लामिछानेले बताउनुभयो । 

वालिङ तथा आसपासका बासिन्दा त्रसित भएपछि टोलटोलमा गएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुकासाथै सर्वसाधारणलाई नआत्तिन र सजग रहन आग्रह गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो