2026-09-17 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ

धनकुटा | धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्।  मृतक ३८ वर्षीय खेम बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ। मृतककै घरनजिकै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार मृतकको शरीरमा विभिन्न भागमा चोटपटक र नीलडामहरू देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना शंकास्पद देखिएकाले मृतककी श्रीमतीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेहको छ।

प्रहरीले अनुसन्धानका श्रीमती सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ। पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ४४ जितमाया लिम्बु, १६ वर्षका एक बालक, १९ वर्षीय इन्द्र बहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनासँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह