२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो

१५ श्रावण २०७४, आईतवार ०७:३२

साउन १५, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । 

बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । 

बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन थालेको अस्पतालका एचए (जनस्वास्थ्य निरीक्षक) श्यामनारायण पण्डितले बताउनुभयो । 

भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमा समेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ । 

अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन् । 

शुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राई बताउनुहुन्छ । 

केही सामान्य उपचारपछि घर फर्कने गरेको भए तापनि केही बिरामी भने सिकिस्त भई ढिलो गरी अस्पताल आएका कारण अस्पतालले नसक्ने अवस्था आए सिफारिस गरी पठाउनु परेको अस्पताल प्रशासनले बताएको छ । 

यसअघि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका तथा उदयपुरको मध्य पहाडी क्षेत्रमा पनि भाइरलबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य