2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो

साउन १५, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । 

बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । 

बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन थालेको अस्पतालका एचए (जनस्वास्थ्य निरीक्षक) श्यामनारायण पण्डितले बताउनुभयो । 

भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमा समेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ । 

अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन् । 

शुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राई बताउनुहुन्छ । 

केही सामान्य उपचारपछि घर फर्कने गरेको भए तापनि केही बिरामी भने सिकिस्त भई ढिलो गरी अस्पताल आएका कारण अस्पतालले नसक्ने अवस्था आए सिफारिस गरी पठाउनु परेको अस्पताल प्रशासनले बताएको छ । 

यसअघि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका तथा उदयपुरको मध्य पहाडी क्षेत्रमा पनि भाइरलबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई