९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा खोलाले बगाएर एक जनाको मृत्यु

१५ श्रावण २०७४, आईतवार ११:१६

साउन १५, नुवाकोट । ककनी गाउँपालिका– १ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन् । 

बाढी आइरहेका समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाउँपालिका –ं २ गाउँखर्क करिडुङका २८ वर्षीय तातेबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोलाले बगाएर पाँच सय मि तल ढुंगाको च्यापमा अड्किएका तामाङलाई झिकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

तातेबहादुरसँगै हात समातेर खोला तर्ने क्रममा बगेका रञ्जमान तामाङ खोलामा छेउको रुखको हाँगा समातेर बाँच्न सफल भएका छन् । उनको शरीरको विभिन्न स्थानमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

उनीहरु पानी घट्टको ढुंगा कुँद्न तथा घट्ट मर्मतका लागि केही दिनअघि मात्र त्यस क्षेत्रमा गएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो