साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणी"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बट्टार बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा आयो

१५ श्रावण २०७४, आईतवार ११:३५


साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले सातवर्ष अघि रु एक करोड ८७ लाखको लगानीमा निर्माण गरेको सो बसर्पाक आजदेखि सञ्चालनमा ल्याइएको हो । 

बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले सो पार्कमा सवारी साधन अनिवार्य प्रवेश गर्नुपर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । 

यही साउन पहिलो साता बसेको जिल्लाको यातायात क्षेत्रका सरोकारवालाको बैठकले पार्कभित्र अनिवार्य रुपमा सवारी साधनको प्रवेश, टिकट काउन्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा पाँच मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो । 

बसपार्क सञ्चालनको एक वर्षको लागि कम्तीमा रु ११ लाख आम्दानी हुनेगरी बोलपत्र आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभएसम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो। 

नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायतका भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जनकारी दिनुभयो । 

विसं.२०६८ मा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारी साधनले प्रयोग गरेबापत प्रतिदिन लामो दुरीका बसले रु ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनी बसले रु २५ कर तिर्नुपर्दछ । 

स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रुपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिदलागयतका सविधा हुने विश्वास लिइएको छ । रामहरि न्यौपाने/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो