६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत

४ चैत्र २०८१, सोमबार १५:०७

काठमाडौँ  | नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले अराजक गतिविधि गर्ने निराजन बम पलाँतालाई पक्राउ गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पपुलारिटीको लागि विरोध गरेको टिप्पणी गरेका छन् । उनले यसलाई ‘प्रचण्डको पुरानै शैली’ भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले प्रचण्डको तस्विर जलाएका थिए । सोही घटनालाई लिएर प्रहरीले हिजो बमलाई पक्राउ गरेको थियो । बमलाई पक्राउ गरेसँग प्रचण्डले ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ भनी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

‘लोकतन्त्रमा स्वतन्त्रतालाई स्वीकार गरिन्छ। अराजकतालाई स्विकारिदैन । प्रचण्डको फोटो जलाएको विषयमा हिजो प्रहरीले सुरु गरेको कारबाहिलाई समर्थन गरिएको थियो। तर स्वयं प्रचण्डले पपुलारिटीको लागि त्यसको विरोध गरेछन् । यो प्रचण्डको पुरानै स्वभाव नै हो। आफ्नो फाइदाको लागि सबै खालका अतिवादी र अराजकतावादीहरुलाई समर्थन गर्छन् । हुन त उनको राजनैतिक ब्याकग्राउन्ड नै हत्या हिंसा र अपराधको जगको कथित जनयुद्धबाट शुरु भएको कारणले यो खालको शैली स्वभाविकै होला,’– नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का