२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत

२०८१, ४ चैत्र सोमबार १५:०७

काठमाडौँ  | नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले अराजक गतिविधि गर्ने निराजन बम पलाँतालाई पक्राउ गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पपुलारिटीको लागि विरोध गरेको टिप्पणी गरेका छन् । उनले यसलाई ‘प्रचण्डको पुरानै शैली’ भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले प्रचण्डको तस्विर जलाएका थिए । सोही घटनालाई लिएर प्रहरीले हिजो बमलाई पक्राउ गरेको थियो । बमलाई पक्राउ गरेसँग प्रचण्डले ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ भनी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

‘लोकतन्त्रमा स्वतन्त्रतालाई स्वीकार गरिन्छ। अराजकतालाई स्विकारिदैन । प्रचण्डको फोटो जलाएको विषयमा हिजो प्रहरीले सुरु गरेको कारबाहिलाई समर्थन गरिएको थियो। तर स्वयं प्रचण्डले पपुलारिटीको लागि त्यसको विरोध गरेछन् । यो प्रचण्डको पुरानै स्वभाव नै हो। आफ्नो फाइदाको लागि सबै खालका अतिवादी र अराजकतावादीहरुलाई समर्थन गर्छन् । हुन त उनको राजनैतिक ब्याकग्राउन्ड नै हत्या हिंसा र अपराधको जगको कथित जनयुद्धबाट शुरु भएको कारणले यो खालको शैली स्वभाविकै होला,’– नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी