२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

म्याद नाघेका खाद्य पदार्थ र कम तौलको चामल बीक्री गर्ने ब्यापारीलाई कारवाही गरिने

२०७४, १५ श्रावण आईतवार १५:२१

साउन १५, मकवानपुर | म्याद नाघेका खाद्यय पदार्थ र तोकिए भन्दा कम तौलका चामलका बोरा बीक्री गर्ने हेटौडा ४ स्कुलरोडका ब्यापारी हिरालाल साहलाई प्रशाशनले कार्बाही गर्ने भएको छ । 

खाद्ययपदार्थमा उपभोक्ता ठगि गरेको आरोपमा कार्बाही प्रकृया अगाढी बढाइएको हो । म्याद नाघेका खाद्ययपदार्थ कुनैपनि ब्यापारीले बिक्री गर्न नपाउने र तोकिए भन्दा कम तौलका सामाग्री बिक्री गर्नेलाई कानुन अनुसार कार्बाही गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । म्याद नाघेका सामानको मुजुल्का उठाएर खाध्यप्रबिधीले मुद्धा चलाउने र तोकिएभन्दा कम तौलका सामानमा घरेलु तथा साना उद्योग कार्यालयले मुद्धा लिएर आउने बितीकै त्यस अुनसार कार्बाही गरिने प्रजिअ दुवाडीले बताउनुभयो । 

क्षेत्रिय खाद्यय प्रबिधी तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा बजार अनुगमन गर्ने क्रममा स्कुलरोडका हिरालाल साहको पहिलो फ्ल्याटमा रहेको हिरालाल ईन्टरप्राईजेज र माथील्लो तलामा रहेको घर संचार नामक पसलमा थुप्रै म्याद नाघेका खाद्यान्नका सामान र कम तौलका चामलका बोराहरु फेला पारिएको थियो । तौल गरिएका अधिकांश ब्राण्डका चामलका बोरामा तोकिएको भन्दा कम तौलका सामानहरु फेला पारिएको थियो । त्यसैगरी माथील्लो तलामा रहेको घर संचार पसलमा म्यान नाघेका घेरै सामानहरु बरामद गरेर नष्ट गरिएको थियो । 

म्याद नाघेका खाद्यय पदार्थमा भाई मसला , चकलेट, डेरि मिल्क, मखन, तेल, बेसन बरामद गरेर नष्ट गरिएको थियो । त्यसैगरी हिरालाल साहकै किराना पसमा बिक्रीका लागि राखिएका अधिकांश चामलका बोरामा लेखिएको तौल भन्दा कम तौलका पाइएको छ । चामलका बोरा तौल गर्दा अधिकांशमा कम तौल भएको पाइएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताउनुभयो । अधिकांश ब्राण्डका चामलहरु कम तौलका पाइएको र उपभोक्तालाई ठगि गरिरहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो