२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट रसुवाको केरुङतर्फ लैजादै गरेको २५ करोड नगदसहित एक जना पक्राउ

२०८१, ५ चैत्र मंगलवार ११:३७

काठमाडौँ | प्रहरीले काठमाडौँमा २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२ नम्वरको ट्रकमा ठूलो मात्रामा नोट भएको भन्ने सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा विशेष टोली राति नै परिचालित भयो ।

सो टोलीले काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्वरको ट्रकलाई नियन्त्रणमा लियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँको नोट रहेको फेला परेको छ ।

प्रहरीले ट्रकका चालक कुनसाङ लामालाई नियन्त्रणमा लिएको छ । साथै अर्का एक जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट सो रकम नियन्त्रणमा लिइएकोले सो रकम चीनतर्फ लैजादै गरेको हुनसक्ने अनुमान गरिएको छ ।

हालसम्म प्रहरीले केही बताएको छैन । केहीबेरमा पत्रकार सम्म्मेलन गरी तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो