२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी

२०८१, ५ चैत्र मंगलवार १४:३९

काठमाडौँ |  प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । हिजो राति ११ बजे ठूलो परिमाणमा यूरो तथा डलर रसुवा गढी नाका चीन कटाउन लागिएको सूचना प्रहरीलाई आएको थियो ।

‘बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आयो,’ पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्‍यौँ। यो ट्रकलाई पनि रोक्यौँ। सुरुमा चालक अलि डराएको जस्तो देखियो। त्यसपछि हामीले थप सजक भएर उनीसँग कुरा गर्‍यौँ। कुराकानीकै क्रममा उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो।’

लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।

उनलाई राजश्व विभाग हरिहर भवन पठाइने छ । प्रहरीले पुरानाे  घटना र अहिलकाे घटनालाई केन्द्रमा  राखेर अनुसन्धान गरिने  उनले बताए ।  उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ