६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी

५ चैत्र २०८१, मंगलवार १४:३९

काठमाडौँ |  प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । हिजो राति ११ बजे ठूलो परिमाणमा यूरो तथा डलर रसुवा गढी नाका चीन कटाउन लागिएको सूचना प्रहरीलाई आएको थियो ।

‘बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आयो,’ पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्‍यौँ। यो ट्रकलाई पनि रोक्यौँ। सुरुमा चालक अलि डराएको जस्तो देखियो। त्यसपछि हामीले थप सजक भएर उनीसँग कुरा गर्‍यौँ। कुराकानीकै क्रममा उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो।’

लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।

उनलाई राजश्व विभाग हरिहर भवन पठाइने छ । प्रहरीले पुरानाे  घटना र अहिलकाे घटनालाई केन्द्रमा  राखेर अनुसन्धान गरिने  उनले बताए ।  उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का