६ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी

५ चैत्र २०८१, मंगलवार १५:५०

काठमाडौँ  | सिन्धुपाल्चोकका कुसाङ लामा, जो २०७३ सालमा सात केजी अवैध सुनसहित पक्राउ परेका थिए, नौ वर्षपछि पुनः उस्तै अपराधमा पक्राउ परेका छन्। यस पटक उनले चलाउने ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरिएको छ।

२०७३ मा काठमाडौँको कलंकीबाट हाइलक्स गाडीमा लुकाइएका सात केजी सुनसहित पक्राउ परेका लामाले पाँच वर्ष जेल सजाय भोगेका थिए। रसुवाबाट बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा ५-६ जना यात्रुसहित ल्याएको सुन प्रहरीले बरामद गरेको थियो। त्यो बेला तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो।

जेलबाट २०७८ मा छुटेपछि लामाले आमाको नाममा ट्रक निकालेर आफैं चालकको रूपमा काम गर्न थाले। अहिले उनी आफैंले चलाउँदै आएको ना.१ ख १६५२ नम्बरको मालवाहक ट्रकबाट फल्स बटम बनाएर लुकाइएको २५ करोड रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरिएको छ।

चीनतर्फ ठूलो परिमाणको अवैध रकम जाँदै गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोर क्षेत्रमा रेक्की गर्दै ट्रकलाई सडकमै रोकेर चेकजाँच गरेको थियो। क्याबिनमुनि बनाइएको फल्स बटमभित्र लुकाइएको अवस्थामा १७९.८ लाख अमेरिकी डलर, ५८,८५० यूरो र ३,११९ डलर बराबरको रकम फेला परेको एसएसपी रमेश बस्नेतले बताए। कार्यालयको इतिहासमा यो अहिलेसम्मकै ठूलो रकम बरामद भएको घटना भएको उनले जनाए।

प्रहरीका अनुसार, ट्रकमाथि शंका लागेपछि सम्भावित लुकाउने स्थानहरू भिडियोग्राफीसहित जाँच गरिएको थियो। लामाले ट्रक रसुवा जान लागेको बताएका थिए। प्रहरीले गहिरो जाँच गर्दा ट्रक खाली देखिए पनि फल्स बटमबाट ठूलो रकम फेला पर्यो। उनले केही सामान लिन जान लागेको बताए पनि रकमबारे थप अनुसन्धान भइरहेको छ।

यसअघि उनलाई अपराध महाशाखाले नै पक्राउ गरेको थियो’, एसएसपी बस्नेतले भने, ‘पहिले पनि भरिया नै भएर अपराध गरेका थिए । अहिले अनुसन्धानको सुरुवाती चरणमा छौँ । पहिले पनि भरिया भएर पक्राउ परेर जेल सजाय भइसकेको हो । उनले भरियाकै रुपमा अपराध स्वीकारेका थिए ।लामाले यस पटक पनि आफू भरियाकै रूपमा काम गरेको स्वीकारेका छन्।दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुसाङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

बस्नेतले २०७३ मा बरामद सात केजी सुन र अहिले बरामद २५ करोड रुपैयाँको कनेक्सन जोडेर अनुसन्धान गरिने बताए । कलंकीबाट २०७३ मा बरामद सुन पनि रसुवागढी नाका हुँदै आएको खुलेको थियो । त्यसबेला पनि प्रहरीले भरियामात्रै समात्न सक्यो, मालिकलाई पक्राउ गर्न सकेन । यस पटक भने रकमको वास्तविक मालिकबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

‘पुरानो र नयाँ प्रकरण जोडेर विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी बस्नेतले भने, ‘ ‘यो रकम कसको हो भन्ने अहिलेसम्म खुलेको छैन । कुन प्रयोजनका लागि रकम लिएर रसुवागढीतिर गएको हो भन्ने विस्तृत अनुसन्धानपछि भन्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो: दुर्गा प्रसाईं पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ? ऊर्जामन्त्री खड्काले भने- अब लोडसेडिङ हुन्छ तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ म्यानपावरको इजाजत लिएर व्यक्तिगत धन्दा, दुतावास छाप हान्न ६५ हजार घुस ! ट्रकबाट २५ करोड बरामद: प्रहरीलाई सुराक दिनेले पाउनेछन् झन्डै ५ करोड रुपैयाँ पुरस्कार! हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध स्कुल जान भनेर भागेर काठमाडौँ आउँदा बलात्कृत पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ संघर्ष समितिको माइतीघरमा सुतेर प्रदर्शन त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय