२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका नुवाकोटका कुमारलाई लाग्यो अर्को अभियोग

२०७४, १६ श्रावण सोमबार ०४:४४

साउन १६, नुवाकोट । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । 

दुप्चेश्वर गाउँपालिका–१ साबिक घ्याङफेदी गाविस–७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पु¥याएको पीडित परिवारले दाबी गरेका छन् । बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । 

बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी शुरु गरेको प्रहरीले जनाएको छ । 

प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिला (दुई छोरीकी आमा)लाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगीसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएकाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको छ । 

नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो