६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकबाट २५ करोड बरामद: प्रहरीलाई सुराक दिनेले पाउनेछन् झन्डै ५ करोड रुपैयाँ पुरस्कार!

६ चैत्र २०८१, बुधबार १६:३०

काठमाडौँ | उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते टोखा क्षेत्रबाट २५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको ना.७ ख १६५२ नम्बरको ट्रकमा लुकाइएका युरो र डलर प्रहरीले जफत गरेको हो।

डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले झोर महांकालमा ट्रक रोकेर जाँच गर्दा ड्राइभर सिटमाथि ‘वोनट’ भागमा बनाइएको फल्स बटनभित्र लुकाइएको अवस्थामा ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

उक्त ट्रक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामा (उपनाम ‘फुच्चे’) ले चलाएका थिए। उनीमाथि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएको छ।

त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ, ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ ।’

कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले बताए ।

प्रहरीले अब कुसाङ लामासहित संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई तीव्र पारेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता