६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र लेख्छन्- गिरिजा नारायणहिटी भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता

७ चैत्र २०८१, बिहीबार १६:४६

काठमाडौँ | आज नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस, कांग्रेस तथा गैरकांग्रेस नेताहरूले कोइरालालाई विभिन्न सन्दर्भमा स्मरण गरिरहेका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि कोइरालालाई सम्झेका छन्। तर, अलिक फरक ढङ्गले। उनले भनेका छन्, ‘नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता।’

कोइरालाको तस्बिर राखेर सामाजिक सञ्जाल फेसबूकमा लेखेका रवीन्द्रले भनेका छन्, ‘कांग्रेसको ‘बीपीपथ’को उचाइलाई ‘जीपीपथ’ मा झारेर ‘प्रचण्डपथ’ मा विलय गराउने नेता, राजासँगको चरम असन्तुष्टि र रिसको आवेगमा देशको दीर्घकालीन हितमै घात गर्ने नेता, राजासँगको रिसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने ‘प्रचण्ड ललिपप’मा फसेका नेता।’

यस्तै उनले कोइराला बहूदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षड्यन्त्रै षड्यन्त्र, नातावाद/कृपावाद, असक्षमता, कुशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता भएको समेत बताएका छन्।

उनले थप भनेका छन्, ‘गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसद्‌मा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने ‘एकजना प्रमुख’ नेता, सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ। तर, तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त/बन्द हुँदैनन्। तर, सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता