६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

७ चैत्र २०८१, बिहीबार १७:५१

वीरगन्ज | सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।

जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो ।

तर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद उत्पन्न भएको थियो ।

यसरी सिलबन्दी नम्बर नै फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन् भने सुधीर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौँ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता