२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

२०८१, ७ चैत्र बिहीबार १७:५१

वीरगन्ज | सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।

जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो ।

तर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद उत्पन्न भएको थियो ।

यसरी सिलबन्दी नम्बर नै फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन् भने सुधीर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौँ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट