२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा मासुका लागि जिउँदै गोरुको फिला काटियो, दोहोरिदै घटना

९ चैत्र २०८१, शनिबार ११:४१

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्वर ६ कन्याममा गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । त्यसरी गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।

गोरुको एक पट्टि खुट्टाको फिला काटेर लगिएको स्थानीय संचारकर्मी गोपाल गिरीले जानकारी दिएका छन् । हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । करिब चार किलो मासु निकालेर लगेको गिरिले जानकारी दिएका छन् ।

उनले फिला काटिएको गोरुको भिडियो कन्यामपोस्टमा राखेका छन् । स्थानिय किसान राम राईले पालेको गोरुको फिला काटेर लागिएको पाइएको छ । स्थानीय पत्रकार गिरिका अनुसार उक्त गोरूको एकदमै क्रुरतापूर्वक जिउँदै अवस्थामा फिला काटिएको थियो ।

सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको गिरीले बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।

यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लागिएको थियो । यस अघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोश्रो घटना हो ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, कसले यस्तो विभत्स कार्य गरेको भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला