२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमा बाल्न भन्दै काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि…

२०८१, १० चैत्र आईतवार १६:४२

काठमाडौँ |  काठमाडौँ महानगर प्रहरी बलले सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । नगर प्रहरीले दोलखा घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेतविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

बस्नेतलाई नगर प्रहरीले  कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । कोटेश्वर क्षेत्रको अइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा गत फागुन १५ गते दिउँसो ३ बजे तार चुँडालेर बल्ब खल्तीमा हाल्दै गर्दा बस्नेतलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

उनी विरुद्ध महानगरले मुलुकी अपराध संहिता २७४ को दफा २४१ (१) बमोजिम २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय वा २० हजार रुपैयाँ जरिवाना हुनुपर्ने मागसहित काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

बस्नेतले आफूलाई बल्ब राम्रो लागेपछि घरमा लागेर बाल्छु भनेर चोरी गरेको स्वीकार गरेका छन् । उनले प्रहरीसामु बयानमा भनेका छन्, ‘कोटेश्वरको एक खाजा घरमा रक्सी खाएर निस्किएर बालकुमारीको सडक पेटी हिँड्दै गर्दा सडकमा लाइट जडान गरिएको रहेछ । राम्रो लागेर घरमा लगी बाल्नुपर्‍यो भनी तार चुँडालेर खल्तीमा हाली जान लाग्दा महानगर प्रहरी बलका कर्मचारीले मलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश