६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

कालीदेवी प्राथमिक विद्यालय काभ्रेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

११ चैत्र २०८१, सोमबार ०७:१४

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ‘हिगाडग नेपाल’ले शैक्षिक साामग्री वितरण गरेको छ ।

एक कार्यक्रमका बीच ‘हिगाडग नेपाल’का अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात लामाले जानकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरणमा पूर्व मिस तामाङहरु सफलता थिङ, रिया लामा, मिस तामाङ २०२४ का फस्ट रनर अप स्मृति योञ्जन तामाङ, कलाकार दिलिप तामाङ ‘हुरहुरे’ लगायत उपस्थित थिए । संस्थाका सचिव ज्वाला लाल तामाङका अनुसार विद्यालयको शैक्षिक सुधारका लागि टेवा पुर्याउने हेतुले संस्थाले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो । वडाध्यक्ष विष्णु बहादुर तामाङले आफ्नो वडामा शैक्षिक सामग्री हस्तान्तरण गरी विद्यालयको शैक्षिक सुधारमा इँटा थप्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए ।

विद्यालयकी प्रधानाध्यापक उर्मिला कार्कीले विद्यालयले प्राप्त गरेको शैक्षिक सामग्रीका कारण पठनपाठन र शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘हाम्रो विद्यालयका निम्ति ‘हिगाडग नेपाल’ले गरेको यो सहयोग महत्वको छ, म संस्थालाई धन्यवाद भन्न चाहन्छु, यो सहयोगले हाम्रो विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि पक्कै मद्दत पुग्छ ।’

शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मध्वज तामाङसहित व्यवस्थापन समितिका अन्य सदस्य, शिक्षक र अभिभावकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता