पढ्न करिब 3 मिनेट लाग्छ

दान बहादुर बुढा/साउन १६, मुगु । हिन्दु धर्मालम्वीहरुका चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज सोमवार विधिवत रुपमा पुजा पाठ गरि छाया नाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।

छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतिक स्वरुप सदरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नगरपालिका चैन गाउँमा मन्दिर स्थापना गरिएको र हरेक वर्षको जनै पुर्णिमाका वेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउन छाँयानाथमा लिने गरेका हुन ।

मन्दिरका पुजारी पूर्ण प्रसाद चौलागाईका अनुसार ।जनै पुर्णिमाका वेला छाँयानाथ तिर्थ यात्रा शिव बाट सत्यदेबीको अंगको सेसरहेको ठाँउको यस स्थानमा पिचारोर महादेबको बास स्थान रहेको ठाँउ शिव, सत्यदेबी,बृैद्घ, लगाएतका महादेब रहने र छायानाथको दर्शन गर्न कर्णाली अञ्चलका पाँच जिल्ला दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा ,अछाम लगायतका २६ जिल्ला र भारतबाट समेत तिर्थालुहरु छायानाथको दर्शन गर्न आउने गरेको पुजारीको भनाई छ ।

साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायानाथ दर्शनका लागि जाने गर्दछन ।

समुन्द्री सतह देखि ६ हजार मिटर भन्दा बढि उचाईमा रहेको छायानाथ मन्दिरमा जनै पुर्णिमाका विहानसम्म पुजापाठ गर्दै हिन्दु धर्मालम्बीहरु बस्छन भने जनै पुणिमाको बेलुका सदरमुकाम तर्फ मुर्ति फर्काउने परम्परा रहेको छ ।

छायानाथ जिल्लाको पुर्वी कार्मारोङ्क गाउपालिकाको डोल्फु गाँउमामा पर्छ भने त्यहाँ पुग्न सदरमुकाम देखि तिन दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ । करान भेगमा बौद्ध धर्मालम्बीको बसोवास रहे पनि छायानाथ धामलाई बौद्ध र हिन्दु दुवै धर्मालम्बीहरुले आफ्नै परम्परा अनुसार पुजा गर्ने चलन रहेको छ । दुई फरक फरक धर्मालम्बीहरुले शिव भगवानलाई अलग अलग नामबाट पुजा गर्दा दुई धर्मालम्बी बिच धार्मीक सहिष्णुता कायम गराएको स्थानीयवासीको भनाई छ ।

शिव भगवानले सत्यदेवीको लाश काँधमा राखेर घुमाउदै गर्दा शत्य देवीको अन्तिम शेष छायानाथमा खसेकाले यो धामलाई चार धाम मध्य जेठो धाम मान्ने गरेको पुजारी पुर्णप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार यो धाममा रहेका बहुमुल्य धातुका मुर्ती कति पुराना हुन भन्ने बताउन सकिने अवस्थामा छैनन । चैन गाउँमा रहेको मन्दिरबाट २०३६ सालमा र २०४२ सालमा मुर्ती चोरी भएका र दैलेखबाट पत्ता लागेर फिर्ता आएका चौलागाईले बताए ।

मन्दिरमा बहुमुल्य र निकै पुराना धार्मीक मुर्ती सुरक्षाका लागि प्रहरी चौकि नै रहेको छ ।

छायानाथ जाँदा प्रहरी पनि संगै जाने गर्दछन । त्यस्तै अको तिर्थ स्थल ऋणी मोक्क्षका लागि सुरक्षाकर्मी सहित मुर्ती लिएर पुजारीको टोली आईतवार जाने भएका छन । यो बेला जिल्लाका दुई स्थान छाँयानाथ र ऋणमोक्ष तिर्थ स्थलमा तिर्थालु हरुको घुईचो लाग्ने गरेको हुन्छ ।

छाँयानाथ तिर्थ पुगेर फ्कीएका जुम्ला जिल्ला बुम्रमाडीचौर का गोबि बुढाका अनुसार पुखादेखी चलीआएको चला धार्मिक बिशुवार, सन्तान नभएकाहरुले तसे ठाँउमा पुगेर सन्तानको बर माग्दा सन्तान मिल्ने र मृत आफन्तहरुको सोवर्ग बासकोलागी पूजा समेत गरीने बिशुवार रहेको बताउछन ।