२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे

२०८१, ११ चैत्र सोमबार १५:२१

काठमाडौँ  | बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट मृत्यु भएका दाजुभाइको घटनामा सहमति जुटेको छ ।

सोमबार बिहान दुई पक्षबीच सहमति जुटेपछि परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्कीले दुई पक्षीय सहमति जुटेपछि परिवारले शव बुझेर सद्गतका लागि शव लगिसकेको बताए ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने र कानुन बमोजिम कारबाही हुने सहमति भएपछि आफन्तले शव बुझेको प्रहरीको भनाइ छ ।

बाँकेको डडुवा गाउँपालिका–२ स्थित बेतहनी चोकमा भे१ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा सहदोर दाजुभाइ शिवकुमार गोडिया (९) र विशाल (७) को मृत्यु भएको थियो ।

दाजुभाइ स्कुलबाट साइकलमा घर फर्कँर्दै गर्दा नारायणी निर्माण सेवाको पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । उनीहरू बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए ।

बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने पानी ट्यांकर जलाइदिएका थिए । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको थियो । मोटरसाइकल समेत जलाइएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश