६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी: फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर

१३ चैत्र २०८१, बुधबार ११:५६
काठमाडौँ | सुनसरीको इटहरी चोकमा आगलागी भएको सेन्ट्रल प्लाजाबाट सात जनाको उद्धार भएको छ। बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्।
इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलका अनुसार आगो निकै ठूलो भएकाले भित्र छिर्न सकिने अवस्था छैन। बाहिरबाट दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउँदैछ।

गृह मन्त्री रमेश लेखकले समन्वय गरी काठमाडौंबाट सेनाको हेलिकप्टर पठाइएको सचिवालयले जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनीबाट सप्रबउ मनिष थापाको नेतृत्वमा १०५ जना उद्धार कार्यमा जुटिरहेका छन्।

आगलागी सेन्ट्रल प्लाजाको पाँचौं तलाबाट सुरु भएको थियो। अहिले पाँचौं, छैटौं, र सातौं तलामा आगो फैलिएको सुनसरी प्रहरीले जनाएको छ। नौ तलाको यो भवनमा होटल वरन्डा, रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, र विभिन्न पसलहरू छन्।

स्थानीय प्रत्यक्षदर्शी विनय बाराकोटीका अनुसार होटलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको छ। दमकलले बाहिरबाट पानी छ्यापिरहे पनि आगो नियन्त्रणमा आउन नसकेको उनले बताए।
उद्धार प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता