६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बानेश्वरमा संसद् बैठक राखेर सत्तारुढ दलहरू बालुवाटारमा भेला

१३ चैत्र २०८१, बुधबार १२:५६

काठमाडौँ | बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् । उनीहरू बालुवाटनारमा सत्तापक्षको बैठकमा भेला भएका थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

यता संसद भवनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरे ।

उता बालुवाटारमा सत्तापक्षको बैठक सुरु भयो । यता सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि वातावरण बनाउन लागि परे । तर, सत्तापक्षकै प्रमुख सचेतक बालुवाटार छन् ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

यता बानेश्वरमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् । सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भनेर विपक्षीलाई सम्झाउन खोजेका थिए । त्यतिबेला संसद भवनमा प्रधानमन्त्री भएको भए जवाफ दिन्छु भन्न सक्थे वा वातावरण सहज बनाउन प्रधानमन्त्रीको भूमिका हुन सक्थ्यो । तर, प्रधानमन्त्री संसद भवनमा नभएर बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।

बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अनय सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन् ।

यता बानेश्वरमा संसद बैठक सहज रुपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता वालुवाटारमा सत्तापक्षको बैठकमा छन् ।

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता