२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ

२०८१, १३ चैत्र बुधबार १३:५०

काठमाडौँ | मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दै आएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक उमेश प्रसाद साह पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको हो।

पक्राउ परेका कथित डाक्टर साह लाई तत्कालै आवश्यक कारबाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौर तर्फ पठाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

हस्पिटल सञ्चालक लाई नियन्त्रणमा लिएर अनुसन्धान पछी उचित कार्यवाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले दुई साता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल  मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि  बन्द गर्न निर्देशन दिएका थिए ।

मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रूपमा हस्पिटल सञ्चालन गर्दै आएका थिए।

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो बिरामीलाई अन्य हस्पिटलमा राखेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ।

तर त्यसको विपरीत कथित डाक्टर साहले पुरानो बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी  उपचारको नाउँमा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन्।

पछिल्लो दुई दशक देखि उमेश प्रसादले अवैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेआम लुट मच्चाउँदै आएका छन्।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश