साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अवरुद्ध छहरे–टोखा सडक खुल्यो, दुई सय बढी सवारीसाधन गन्तव्यतर्फ लागे

१७ श्रावण २०७४, मंगलवार ११:३३

साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएसँगै रोकिएका २०० भन्दा बढी सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । 

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्ड छहरे–टोखामा पहिराले पारेको अवरोधलाई डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरसहित स्थानीय बासिन्दा, नेपाल प्रहरी र शिवपुरी राष्ट्रय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाल सेनासहितको टोलीले पन्छाएको हो । 

पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने बाँकी नै रहेकाले त्यसलाई समेत हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिनुभयो । 

नुवाकोट र रसुवालाई बाहिर जिल्लासँग जोड्ने तीन सडक छहरे–टोखा, त्रिशूली–ककनी–काठमाडौँ र त्रिशूली–गल्छी–काठमाडौँ सडक भए पनि तीनवटैमा अहिले स्तरोन्नतिको काम भइरहेकाले दैनिक सडक अवरुद्ध हुने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो