२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते

२०८१, १३ चैत्र बुधबार १७:२३

विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको क्रममा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन् ।

सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मीसहित दुईजना सर्वसाधारण घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइते सबैको उपचार भइरहेको छ । प्लाजामा होटल, बैंक पसलहरू सञ्चालनमा थियो । बिहान पौने १० देखि सुरू भएको आगो अहिले नियन्त्रणमा आएको छ । आगो नियन्त्रणको लागि १२ वटा दमकल परिचालन गरिएको थियो । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले क्रेनको सहायताले पानी र आयल निगमबाट फोम तथा फायरबलले आगो निभाइएको बताए ।

होटलमा फसेकाहरूको उद्धारको लागि कोशी सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर मगाएको थियो ।

पाँचौ तलाबाट सुरू भएको आगो छैटौं र सातौं तलामा पनि सल्किएको थियो । क्षतिको पूरा विवरण भने संकलन भइसकेको छैन । छैटौं तलामा रहेको बरण्डा रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको कार्यालय कक्ष पूर्ण जलेको छ ।

आगलागीको कारण भने अझै खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी ३२२ जनाको टोली आगो निभाउन खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ