९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भीमदत्त पन्तको ६५औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

१७ श्रावण २०७४, मंगलवार १३:४७

साउन १७, डडेल्धुरा । मंगलबार सहिद भीमदत्त पन्तको ६५ औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

पन्तको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । स्मृती दिवसको अवसरमा मंगलबार बिहान ७ बजे डडेल्धुरा बागबजार स्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ  । यस्तै साँझा ७ बजे दिवप्रज्वलन गरेको भीदत्त स्मृती प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिएका छन् । केही बर्ष यता देखी प्रतिष्ठानले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिष्ठानले लामो समयदेखी सहिद पन्तको स्मृती दिवस मनाउँदै आएको छ । लामो समयपछि राज्यले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पन्तलाई २०७२ फागुन १९ गते सहित घोषणा गरेको हो । 

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त वि.स. १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका हुन् । पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन् । 

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए । 

२००९ सालमा कञ्चनपुरको ब्रहृमदेवमा लुकाएर राखिएको नूनको गोदाम कब्जा गरी किसानलाई बितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे ।

२०१० साउन १७ गते डडेल्धुराको साविसको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला दुबै देशको सेनाहरुको टोलीद्वारा संयुक्त रुपमा घेरा हाल्न लगाई पन्तकै मित लालबहादुर थापाले उनको हत्या गरिएको भनिएको छ । तर यसको पुष्टि भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो